एमालेको झुलाघाट-चिवाभन्ज्याङ अभियानको लागि मधेश प्रदेशको तयारी बैठक सम्पन्न


eShilalekh

१२ मंसिर २०८०, मंगलवार २०:२६

सिमराः नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म हुने ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि मधेश प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ ।

जनकपुरमा सम्पन्न बैठकले मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट ठुलो जनसभागिता गराउने निर्णय गरेको छ । सो बाहेक बैठकले अन्य केही महत्वपूर्ण निर्णय समेत गरेको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।

एमालेको मंसिर १४ गतेदेखि झुलाघाटदेखि अभियान सुरु हुँदैछ । तीन सातासम्म संचालन हुने अभियानको एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता, पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता, र पोलिटब्यूरो सदस्य अच्युत मैनालीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टिका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष, जनसंगठनका अध्यक्ष तथा पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिव पौडेलले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष बिचारी यादवले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्