यादवलाई पचरौता नगरपालिकाको प्रवक्ताको जिम्मेवारी


eShilalekh

४ पुष २०८०, बुधबार २१:४७

सिमराः पचरौता नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडाध्यक्ष लक्ष्मी यादवले पाएका छन् । नगरपालिकाको मंसिर १८ गतेको कार्यपालिकाको निर्णयअनुसार यादवले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले कार्यपालिकाको निर्णयअनुसार प्रवक्ताको जिम्मेवारी तोकिएको पत्र यादवलाई दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले मंसिर २९ गते यादवलाई उक्त जिम्मेवारीको पत्र दिएका थिए ।

यादव वडा नं. ५ बाट निर्वाचित वडाध्यक्ष हुन् । उनि नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रवक्ताको जिम्मेवारी पाएका यादवले नगरपालिकाको सेवा तथा सूचना प्रवाहलाई सहज बनाउन प्रतिबद्ध रहने बताए ।

प्रतिक्रिया दिनुहोस्