कलैयामा योगशीला अस्पतालको सेवा प्रारम्भ, साहले गरे उद्घाटन


eShilalekh

१ माघ २०८०, सोमबार २३:२१

धिरेन्द्र तिवारी
कलैया: कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित भरत चोकमा सोमबार योगशीला अस्पताल प्रालिको उद्घाटन भएको छ । मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साहले अस्पतालको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै साहले योगशीला अस्पतालबाट प्राप्त गर्ने सेवाबाट यस भेगका नागरिकलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा अस्पतालका संचालक तथा बरिस्ठ सर्जन डा. सुमनप्रसाद साहले व्यवसाय भन्दा पनि रोगमुक्त समाज निर्माण र रोग लागेकालाई सहज सेवा प्रदान गर्नका लागि सेवा संचालन गरिएको बताए ।

अस्पतालमा २४ सै घण्टा आकस्मिक डिजिटल एक्सरे,  आईसियु, शल्यक्रिया, हाड जोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग फिजिसियन, आधुनिक मेसिन र फार्मेसी सहितको सेवा उपलब्ध हुने प्रबन्धक पवन गुप्ताले जानकारी दिए ।

कार्यक्रममा बरिस्ठ फिजिसियन डा. बिकेशकुमार पाण्डे, कलैया प्रादेशिक अस्पताल ल्याब फाँटका राजाबाबु गुप्ता, कलैया उपमहानगरपालिका १ का सदस्य शशी दास, एमाले युवा नेता पुरुषोत्तम साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्