राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सबमा चार कारोबारकर्ता सम्मानित


eShilalekh

११ माघ २०८०, बिहीबार ०९:५८

सिमरा: ५९औं वार्षिकोत्सबका अवसरमा राष्ट्रिय वाणिज्य बैंकले जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता माध्यमिक विद्यालयसहित चार कारोबारकर्तालाई सम्मान गरेको छ ।

वार्षिकोत्सबका अवसरमा बैंकको सिमरास्थित शाखा कार्यालयले एक कार्यक्रमकाबीच निरन्तर कारोबार गर्ने चार संस्थालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा जनता माध्यमिक विद्यालयसहित जीतपुरको सतिस गल्ला भण्डार, अमलेखगञ्जको लक्ष्मी आयल स्टोर र सिमराको न्यू सन्देश किराना रहेका छन् ।

बैंकको सिमरा शाखाका प्रबन्धक निरोज पाण्डेले जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु अधिकारी, लक्ष्मी आयलका संचालक कृष्ण प्रधानसहित अन्य संस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरेका थिए ।

बैंकलाई विश्वास गरि लामो समयदेखि निरन्तर कारोबार गर्दै आएको र आगामी दिनमा पनि निरन्तरताको अपेक्षासहित उत्कृष्ट कारोबारकर्ता संस्थालाई सम्मान गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्