साना किसान सहकारी मनहर्वाको दुई दिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न


eShilalekh

२४ चैत्र २०८०, शनिबार १३:१३

बाराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले दुई दिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिममा सहकारीमा आवद्ध ४५ जना सदस्यको सहभागिता रहेको थियो ।

कलैया उमहानगर पालिका वडा नं.१६ को वडा कार्यालय मझौलियामा तालिमको आयोजना गरिएको थियो । तालिमका सहभागिहरुलाई साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका पशु प्राविधिक प्रेम प्रसाद पौडेल, डुमरवाना दुग्ध उत्पादनक सहकारी संस्था लि. (डेरी) की पशु प्राविधिक एवं सहजकर्ता मुना शिवाकोटी र आयोजक संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।

सहभागिहरुलाई दुधालु गाई भैंसीको छनौट र नश्ल सुधार विधि, उपयुक्त गोठ व्यवस्थापन, गर्भिणी, ब्याएका गाई भैंसी एवंम बाच्छा बाच्छीको ब्यवस्थापन, मुख्य संक्रामक रोगहरु, रोकथाम र उपचार विधिका बारेमा जानकारी गराईएको थियो ।

यस्तै विभिन्न भुईं घाँस तथा डाले घाँस उत्पादन गर्ने विधि, आन्तरिक र वाह्य परजीवीहरुकोे नियन्त्रण विधि, आत्मनिर्भरताका लागि दुध उत्पादन र यसका फाईदा, सहुलियत कर्जा सुविधा र लिने तिर्ने प्रकृया, बचतको महत्व र आवश्यकता लगायतका विषयमा सहजीकरण गरिएको थियो । तालिमका सहभागीहरुले तालिम निकै उपलब्धीमुलक भएको बताएका छन ।

विहिबार संस्थाको संचालक समिति सदस्य एवं दुग्ध संकलन केन्द्र संयोजक रोशा खातुनले तालिमको उद्घाटन गरेकी थिईन । यस्तै शुक्रबार तालिमको समापन संकलन केन्द्र समितिका सदस्य प्रेम महराले गरेको थिए ।

तालिम साना किसान लघुवित्ति वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको आर्थीक सहयोग , साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको दुग्ध संकलन केन्द्र प्रमुख मनोज पटेलको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्