एमाले संगठन विभागको सदस्यमा ज्वाला साह मनोनित


eShilalekh

३ माघ २०७८, सोमबार २१:०८

सिमरा: नेकपा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह एमालेको संगठन विभागको सदस्यमा मनोनित भएकी छिन् ।

एमाले केन्द्रीय कार्यालयले सोमबार संगठन विभागलाई विस्तार गर्ने क्रममा साहलाई सदस्यको जिम्मेवारी दिएको हो । एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित साहले दोस्रो केन्द्रीय कमिटी बैठकबाट पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएकी थिईन् ।

एमाले नेता खगराज अधिकारी प्रमुख रहेको संगठनविभागसहित एमाले केन्द्रीय कार्यालयले स्थानिय तह विभाग र आर्थिक तथा कोष व्यवस्थापन विभाग पनि विस्तार गरेको छ ।

संगठन विभागको सदस्यको जिम्मेवारी प्राप्त गरेकी साह दशौं राष्ट्रिय महाधिवेशनअघि प्रदेश २ को अध्यक्ष थिईन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा साहले कृषी मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्