न्यू एकता स्कुलमा जुनियर विद्यार्थीको ‘फोटोसुट’


eShilalekh

२८ बैशाख २०८१, शुक्रबार १९:०५

सिमराः न्यू एकता स्कुलको प्लेग्रुपदेखि युकेजीसम्मका विद्यार्थीले शुक्रबार फोटोसुट गराएका छन् । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले फोटोसुट गराएका हुन् ।

विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर फोटोसुट गराएका थिए । साना विद्यार्थीको मानसपटलमा सकारात्मक उर्जा थप्नका निम्ति फोटोसुट कार्यक्रम गरिएको विद्यालयका शिक्षक दिवस न्यौपानेले बताएका छन् ।

फोटोसुटले विद्यार्थीलाई सरसफाइमा बस्न, क्यामरा वा भिड फेस गर्न, भित्रि डरको अन्त्य गर्न र व्यक्तित्व विकास गर्न मद्यत पुग्ने न्यौपानेको भनाई छ । फोटोसुटमा विद्यार्थीले उत्साहजनक सहभागिता जनाएको न्यौपानेले बताए ।

*तपाई पनि आफ्नो विद्यालयमा हुने विद्यार्थीको रचनात्मक गतिविधि प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् । हामी बालसंसारमा प्रकाशन गर्नेछौ ।*

प्रतिक्रिया दिनुहोस्