जीतपुरसिमरा-१५ डुमरवानामा एक पुरुष मृत भेटिए, प्रहरी पुग्यो घटनास्थल


eShilalekh

२१ कार्तिक २०८३, शनिबार ०९:१२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी रहेका छन् ।

माझीको शव खेतको कुलोमा फेला परेको हो । शव फेला परेको स्थानमा साइकल र झोला भेटिएको छ । स्थानीयका अनुसार माझी ट्याक्टर चालक हुन् । उनी शुक्रबार साँझ घरबाट निस्किएका थिए ।

शव फेला परेको सूचना पाएपछि प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली घटनास्थल पुगेको छ । घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राखेको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्