युवा संघ बाराद्धारा सरकारविरुद्ध विरोध प्रदर्शन


eShilalekh

११ माघ २०७८, मंगलवार १०:१७

कलैया: युवा संघ नेपाल बाराले कलैयास्थित भरत चोकमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । समयमै स्थानिय तहको निर्वाचन हुनुपर्ने र हिंसात्मक अभिव्यक्ति दिने मन्त्रीमाथी कारवाही हुनुपर्ने माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

कलैयामा लगातार प्रदर्शन गर्दै आएको संघले विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला समेत जलाएका छन् । स्थानिय तहलाई जनप्रतिनिधिविहिन बनाउन सरकार लागिपरेको भन्दै संघले समयमै निर्वाचनको माग गरेको छ ।

विरोधका क्रममा संघले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादवलाई तत्काल कारवाही गर्न माग गरेको छ । हिंसा भड्काउने अभिव्यक्ति दिने व्यक्ति जिम्मेवार पदमा बस्न अनुचित हुने भन्दै संघले मन्त्री पदबाट तत्काल निलम्बन गर्न माग गरेको हो ।

प्रदर्शनका क्रममा युवा संघ बाराका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य पुरुषोत्तम साह, युवा संघ नेपालका क्षेत्रिय अध्यक्ष शनीकुमार गुप्ता, कलैया नगर कमिटी सचिव जावेद अंसारी, सुवाश भगत माली, जगदिश रामलगायत नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्