असार दोस्रो साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार १२:३६

सिमराः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक कामलाई तीव्रता दिईएको छ । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको पौडेलले जानकारी दिए ।

यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गरिने पौडेलले बताए । यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताए ।

गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

पौडेलले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्