रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ


eShilalekh

७ माघ २०८१, सोमबार १२:३७

रौतहटः सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका ४ स्थित लतमरीबाट आइतबार राति एक भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ का २६ वर्षीय धनञ्जयकुमार झा रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका एसपी विक्रम हुमागाईका अनुसार पक्राउ परेका झाको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान म्याग्जीन, चार राउण्ड गोली र विआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले होटलमा खाजा खाइरहेका शङ्कास्पद तीन जना व्यक्तिहरूलाई जाँच गर्ने क्रममा दुई जना व्यक्तिहरू तत्कालै फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्