श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ


eShilalekh

८ जेष्ठ २०८२, बिहीबार १७:२६

जनकपुरः धनुषा प्रहरीले श्रीमतीको हत्या अभियोगमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ५, बनिनियाँका हरिराम यादव रहेका छन् । उनी करिब तीन महिनादेखि फरार थिए । घटनापछि फरार रहेकाले हत्या अभियोगमा उनीमाथि आशंका गरिएको थियो ।

शव भेटिएको दिनदेखि नै दम्पतीकी १० महिनाकी छोरीको अवस्था पनि अज्ञात छ । बच्चा हराएको विषयमा प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ ।

फागुन १७ गते यादवकी श्रीमती २० वर्षीय अञ्जली यादवको शव घरको पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।प्रहरीका अनुसार पारिवारिक झगडाकै कारण हत्या भएको प्रारम्भिक आशंका गरिएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार बिहीबार दिउँसो पत्रकार सम्मेलनमार्फत् हरिराम यादवलाई सार्वजनिक गर्दै घटनाबारे विस्तृत विवरण प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्