कलैया उपमहानगरपालिकाद्वारा आधा दिन सार्वजनिक बिदा


eShilalekh

४ असार २०८२, बुधबार १४:१६

सिमराः कलैया उपमहानगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाका तत्कालीन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको बुधबार असामयिक निधन भएको छ ।

उपमहानगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै बर्णवालको निधनप्रति गहिरो सम्वेदना व्यक्त गरेको छ ।

नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहद्वारा जारी शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना व्यक्त गरिएको छ ।

बर्णवालको निधनसँगै उपमहानगरपालिकाले आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्णयअनुसार उपमहानगरपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरू तथा क्षेत्रका शैक्षिक संस्थाहरूमा आधा दिन सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्