प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवनको उद्घाटन


eShilalekh

३० श्रावण २०८२, शुक्रबार १८:५१

सिमराः प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गरेका छन् ।

मधेस प्रदेश सरकारको करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माण गरेको हो । यसअघि मधेस प्रदेश प्रहरी भाडाको घरमा बस्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्