गृहमन्त्री लेखीद्धारा सप्तकोशीको सिद्धिपुरमा सांस्कृतिक संग्रहालय भवनको उद्घाटन


eShilalekh

१ भाद्र २०८२, आईतवार १४:४०

सप्तरी: मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले सप्तकोशी गाउँपालिका २ सिद्धिपुरमा निर्माण गरिएको सांस्कृतिक संग्रहालय भवनको उद्घाटन गरेका छन् ।

गृह, सञ्चार तथा कानुन मन्त्रीसमेत रहेका लेखीको विशेष पहल तथा प्रदेश सरकारको बजेट सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री लेखीले सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि संग्रहालय महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश सरकारले संस्कृति र पहिचान जगेर्नामा अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्