महोत्तरी कारागारमा बालिका हत्याका अभियुक्त राजकिशोर साहको मृत्यु

महोत्तरी: महोत्तरी जिल्ला कारागारमा एक कैदीको मृत्यु भएको छ। बर्दिबास नगरपालिका १४ का ६० वर्षीय राजकिशोर साहको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जनाएको छ।
शनिबार बिरामी भएका साहलाई अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको हो।
साह २०७७ मंसिर ७ गते बर्दिबास १४ की ६ वर्षीया गुलाबसा खातुनको अपहरण, बलात्कार र हत्या घटनामा संलग्न रहेको अभियोगमा उनी कारागारमा छन् । पाँच वर्षसम्म भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०८२ असार १५ गते पक्राउ गरेको थियो।
उक्त घटनामा संलग्न साहका २६ वर्षीय छोरा अरुणकुमार साह महोत्तरी कारागार र ५१ वर्षीया श्रीमती सुशीलादेवी पनि हाल सिन्धुली जिल्ला कारागारमा छिन्।