पिकअप गाडीको ठक्करबाट ९० वर्षीय वृद्धको मृत्यु


eShilalekh

३ भाद्र २०८२, मंगलवार १४:१३

सिमराः बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट ९० वर्षीय पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कुवर राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्र.२–०३–००१ च १७९४ नम्बरको पिकअप गाडीले सोमबार कुर्मीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका कुर्मीलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल लगिएको थियो । तर उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात पिकअप गाडीका चालक फरार रहेका छन्। चालकको खोजी कार्य भइरहेको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्