सहिद रामवृक्ष यादव स्मृति दिवसमा माओवादी केन्द्रद्धारा बिरामीलाई फलफूल वितरण


eShilalekh

३ भाद्र २०८२, मंगलवार १४:१७

सिमराः सहिद रामवृक्ष यादव स्मृति दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) जीतपुरसिमरा उपमहानगर कमिटीले मंगलबार जीतपुरसिमरा अस्पतालमा उपचाररत बिरामीलाई जुस, बिस्कुट र फलफूल वितरण गरेको छ।

कार्यक्रममा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बरालसहित नेताहरू हरी चौलागाई (लालकिरण), मुकेश साह, जगन्नाथ घिमिरे, शोभा कार्की, बेनी तिमिल्सिना, गंगा बस्नेतलगायतको उपस्थिती थियो।

नेताहरूले सहिद रामवृक्ष यादवको योगदानलाई स्मरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्