रौतहटमा लागूऔषध गाँजासहित एक जना पक्राउ


eShilalekh

३ भाद्र २०८२, मंगलवार १९:२३

रौतहटः रौतहट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका २ का ५५ वर्षीय गोपालबहादुर थिङ रहेका छन् ।

प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा खानतलासी गर्दा कोठामा लुकाइराखेको अवस्थामा तिन किलो ५० ग्राम लागूऔषध गाँजा फेला पारेको हो ।

थिङको घरबाट प्रहरीले ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्