बारामा लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ


eShilalekh

३ भाद्र २०८२, मंगलवार २१:१३

सिमराः बारा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका १ त्रिवेणी टोलकी अन्दाजी ४० वर्षीया पार्वती महतो रहेकी छन् ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरिक्षक रामकिशुन यादवको नेतृत्वमा खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा महतोको घरमा खानतलासी गरेको थियो ।

खानतलासीको क्रममा महतोको घरबाट कपडाको झोलाभित्र प्लास्टिकको पुरियामा लुकाईछिपाई राखेको अवस्थामा १० ग्राम एक सय दस मिलिग्राम ब्राउन सुगर बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।

बरामद लागूऔषध ब्राउन सुगरसहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्