अखिल नेपाल महिला संघले सिमरामा तीज विशेष कार्यक्रम गर्ने

सिमराः नेकपा एमाले निकट अखिल नेपाल महिला संघले भदौ ६ गते तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। संघको जीतपुरसिमरा नगर समितिको आयोजना र नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको व्यवस्थापनमा हुने कार्यक्रम शुक्रबार बिहान ११ बजे सिमरास्थित रोयल पार्टी प्यालेसमा हुने भएको हो ।
कार्यक्रममा स्थानीय महिला, नेतृ तथा संघका सदस्यहरूको सहभागिता रहनेछ। संघले तीजलाई केवल गीत, नृत्य र रमाइलोको पर्व मात्र नभई महिलाहरूको एकता, सांस्कृतिक पहिचान र सामाजिक सन्देश प्रवाह गर्ने अवसरको रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको जनाएको छ ।
आयोजकले कार्यक्रममा उपस्थित भई तीज पर्वलाई उल्लासपूर्ण ढंगले मनाउन सम्पूर्ण महिलाहरूसहित आमनागरिकलाई आग्रह गरेका छन् । संघका अनुसार कार्यक्रममा तीज गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू समेत रहनेछन् ।
कार्यक्रमले महिला नेतृत्व, सहभागिता र संस्कृतिको संरक्षणमा सन्देश दिने अपेक्षा गरिएको छ ।