कलैयामा नयाँ शौचालय संचालन, पुरानो भत्काईयो

सिमराः कलैया उपमहानगरपालिकाले बुधबारदेखि घण्टाघर नजिकै नयाँ सुविधासम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिकाले छोटो समयमै नयाँ शौचालय तयार गरी सर्वसाधारणका लागि खुला गरेको हो । पुरानो शौचालय लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो ।
मेयर विनोद साहका अनुसार पुरानो शौचालय भत्काएर सो स्थानमा घण्टाघरसहित आकर्षक पार्क निर्माण गरिनेछ ।
नयाँ शौचालयको सञ्चालनसँगै कलैया बजारको सौन्दर्यकरणमा टेवा पुग्ने र सार्वजनिक सरसफाइमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।