रौतहटमा छुरा प्रहारबाट मृत्यु भएका युवकको पहिचान खुल्यो


eShilalekh

४ भाद्र २०८२, बुधबार १९:१४

रौतहटः गौर नगरपालिकामा बुधबार दिउँसो छुरा प्रहारबाट मृत्यु भएका युवकको पहिचान खुलेको छ । छुरा प्रहारबाट मारिनेमा रौतहट यमुनामाई गाउँपालिका ५ का २२ वर्षीय सहाबुदिन मियाँ रहेका छन् ।

मियालाई दिउँसो गौर नगरपालिका ५ बरहवा तालस्थित झुलुंगे पुलनजिक छुरा प्रहार भएको थियो । छुरा लागेर गम्भीर घाइते मियाँको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

मियाँलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले गौर नगरपालिका ३ का सनोज रामलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्