मानव बेचबिखनमा संलग्न एक महिला वीरगन्जबाट पक्राउ, तीन जनाको उद्धार

वीरगन्जः तीन जना महिलालाई भारततर्फ लैजादै गरेको अवस्थामा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका ४ की २८ वर्षीया सरिता सिर्मल रहेकी छिन् ।
उनलाई नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट तीन महिलालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा महिलालाई पक्राउ गरेको प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।
वीरगन्जबाट अटो चढाएर भारततर्फ जाँदै गरेकी ती महिलालाई शंकराचार्य गेटमा रोकेर सोधपुछ गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । सो क्रममा अटोमा सवार तीन जना महिलालाई उद्धार गरिएको थियो ।