पर्सामा १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जना पक्राउ

सिमराः पर्सा प्रहरीले १४ लाखभन्दा बढी हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २ घुसकपुरका ३९ वर्षीय संजय साह र महागढीमाइ नगरपालिका ४ बगढमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् ।
वीरगन्ज महानगरपालिका २ घुसकपुर इदगाह चोक सडकखण्डमा बि आर ०५ एबी ७७६१ नम्बरको भारतीय मोटरसाईकल र प्र २–०३–००२ प ५५४४ नम्बरको मोटरसाईकल रोकेर जाँच गर्दा फल्स सिलिङबाट श्रोत नखुलेको १४ लाख १३ हजार पाँच सय नगद बरामद भएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
हुण्डी कारोबारमा पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।