वीरगन्जमा चार लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

वीरगन्ज: पर्सा प्रहरीले स्रोत नखुलेको चार लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका १६ आदर्शनगर नजिकै बाटोमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन् । यादवको साथबाट पाँच सय दरको आठ सय ६८ थान रकम बरामद गरिएको हो ।
यादवले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५१ (क) बमोजिम अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।