वीरगन्जमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

वीरगन्जः पर्सा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय र वडा नं. १५ का २५ वर्षीय अनन्त कुमार गुप्ता रहेका छन् ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्जस्थित एक होटलबाट नगद रु पचास हजार सात सय पचपन र तीन बुक ताससहित उनिहरुलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।
पक्राउ परेका तीनैजना विरुद्ध जुवा सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।