महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध


eShilalekh

१३ कार्तिक २०८२, बिहीबार १५:४२

महोत्तरीः महोत्तरीको औरही नगरपालिका ४ कटुधारमा बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादव रहेकी छन् ।

स्थानीय सँध्या यादवसँगै साइकलमा जाँदै गरेकी शिवानीलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा उनि गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा गम्भीर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास भइरहेको छ । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले बिहीबार बिहान ११ बजेदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्।

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुई दिनभित्र दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएपछि सडक अवरुद्ध हटाउन तयार रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्