पर्सामा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले सोमबार साँझ लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली ५ निचुटा टोलका २० वर्षीय धिरज माली रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले निचुटाबाट महदवपुरतर्फ जाँदै गरेका मालीलाई रोकेर जाँच गर्दा उनको साथबाट दुई सय १० मिलिग्राम ब्राउन सुगरका चार प्याकेट र एक मोबाइल फोन बरामद गरेको हो ।
बरामद लागूऔषधसहित पक्राउ परेका मालीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।





