हात्तीको आक्रमणबाट जीतपुरसिमरा १ का चौधरीको मृत्यु

सिमरा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया-निजगढ सडक खण्डमा हात्तीको आक्रमणबाट मारिने व्यक्तिको पहिचान खुलेको छ । मृत्तक जीतपुरसिमरा उपमहानगरपालिका १ का ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
हात्तीले ट्रकमा आक्रमण गर्न खोजेपछी चालक चौधरी ओर्लिएर भाग्न खोजेको र सोही समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बारा निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिएका छन् ।
उक्त राजमार्गको १२ किलो भन्ने स्थानमा हात्तीले आक्रमण गतेको हो । हात्तीका कारण उक्त क्षेत्र आइतबार रातीदेखि नै प्रभावित छ ।
राजमार्गमा हात्ती निस्किएपछी नेपाल प्रहरी, नेपाली सेनाको टोलीले जंगलभित्र भगाउने प्रयास गर्दै आएका थिए । रातिको समयमा जंगल पसेको हात्ती बिहानको समयमा पुन: राजमार्गमा निस्किएर चौधरीलाई आक्रमण गरेको हो ।
हात्तीले सो क्षेत्रमा दुईवटा गाडी समेत पल्टाएको छ । हात्तीका कारण उक्त राजमार्ग बिहानैदेखि प्रभावित छ ।
सम्बन्धित समाचार:





