जीतपुरमा रक्तदान कार्यक्रम सम्पन्न, ५८ जनाले गरे रक्तदान


eShilalekh

३० कार्तिक २०८२, आईतवार १२:५२

सिमरा: बाराको जीतपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा जीतपुरस्थित शान्तिटोल खेल मैदानमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ४९ जना पुरुष र ९ जना महिलासहित कुल ५८ जनाले स्वेच्छिक रक्तदान गरेको मञ्चका सचिव अशोक दासले जानकारी दिए।

रेडक्रसको प्राविधिक टोलीले रक्तदानका क्रममा आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा सुरक्षित प्रक्रिया पूर्ण रूपमा पालना गरिएको जनाएको छ।

रक्तदान कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मञ्चले आगामी दिनमा यस्ता सामाजिक अभियानलाई झनै प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्