उपकार सेवा नेपालद्वारा ठोरी आश्रममा खाद्यान्न सहयोग

सिमराः उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका १ भगवाननगरस्थित वृद्ध–वृद्धा तथा अपाङ्ग आश्रममा बसोबास गरिरहेका १८ जनालाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले आश्रमका लागि आवश्यक चामल, दाल, खाने तेललगायतका सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारुसहितका व्यक्तिहरूको उपस्थिति थियो ।
उपकार सेवा नेपालले आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा जिन्सी सामग्री नियमित रूपमा प्रदान गर्दै आएको छ ।
संस्थाका पदाधिकारीहरूका अनुसार कमजोर अवस्था भएका व्यक्तिहरूलाई सहयोग र समाजसेवामा सक्रिय रहनु नै संस्थाको प्रमुख उद्देश्य हो ।
आश्रमले संस्थाबाट पाएको निरन्तर सहयोगले दैनिक सञ्चालनमा सहजता पुगेको जनाएको छ ।





