जेनजी युवालाई वार्तामा ल्याउन प्रजिअ मिश्रले थाले पहल


eShilalekh

४ मंसिर २०८२, बिहीबार १४:५८

सिमराः बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन् ।

जेनजीका बारा संयोजक सम्राट उपाध्यायसंग कुरा गर्दै प्रजिअ मिश्रले वार्ताका लागि बोलाएका हुन् । प्रजिअ मिश्रले जेनजी युवाको मागका विषयमा छलफल गर्नका लागि वार्तामा आउन आग्रह गरेका थिए ।

जवाफमा उपाध्यायले आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन् । दुवै पक्षबीच कलैयामा वार्ता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्