सिमरा खानेपानी निर्वाचनः ‘चरा’ ले बढायो मतान्तर


eShilalekh

७ मंसिर २०८२, आईतवार २१:१४

सिमराः सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो पटक साँझ ८ः३० बजे आएको मतपरिणाम अनुसार चरा चिन्हबाट अध्यक्ष पदका उम्मेदवार युवराज न्यौपानेले मतान्तर फराकिलो पारेका छन् ।

न्यौपानेले गुलाबको फुल चुनाव चिन्हका उम्मेदवार प्रकाश खुलाल भन्दा मतान्तर एक सय ३६ मतले बढाएका छन् । न्यौपानेले सात सय ७९ मत प्राप्त गर्दा खुलालले ६ सय ६१ मत ल्याएका छन् ।

मतपरिणाअनुसार चरा चुनाव चिन्हको प्यानलनै अगाडी देखिएको छ । चरा चुनाव चिन्हबाट उपाध्यक्षमा हरिप्रसाद सिंखडाले आठ सय ५३, सचिव अमृत बस्यालले आठ सय ३७, सहसचिव कृष्णकुमार रिमालले आठ सय ३८, कोषाध्यक्ष रामकुमार अर्यालले आठ सय पाँच मत ल्याएका छन् ।

उनिहरुलाई गुलाबको फुल चुनाव चिन्हका उम्मेदवारले पछ्याईरहेका छन् । गुलाबको फुल चुनाव चिन्हबाट उपाध्यक्षमा मिठुमाया थिङले पाँच सय ७२, सचिव उम्मेदवार सरस्वती अधिकारीले पाँच सय ५१, सहसचिव उम्मेदवार कर्णबहादुर खड्काले पाँच सय ४९ र कोषाध्यक्ष पदकी उम्मेदवार सुशीला कार्कीले पाँच सय २१ मत पाएकी छिन् ।

सदस्य पदमा पनि चरा चुनाव चिन्हकै उम्मेदवार अग्रतामा छन् । सदस्यमा पदमा दिलुमाया तामाङ्नी (८२०), सुष्मा पण्डित (८१३), कल्पनाकुमारी क्षेत्री (८२३), कृष्णकुमारी श्रेष्ठ (८३५), जागेश्वर पौडेल (८०१) र सूर्यसिंह क्षेत्री (७६९) अग्रतामा छन् ।
उनिहरुलाई गुलाबको फुल चुनाव चिन्हका उम्मेदवारले पछ्याईरहेका छन् । तेस्रो स्थानमा भने चश्मा चुनाव चिन्हका उम्मेदवार छन् । चश्मा चुनाव चिन्हको अध्यक्षका उम्मेदवार पूर्णचन्द्र तिमल्सिनाले चार सय २९ मत पाएका छन् ।

उपाध्यक्षमा झंकनाथ लामिछानेले चार सय २२, सचिवमा लोकराज पौडेलले तीन सय ८८, सहसचिव होमबहादुर रकालले चार सय १८, कोषाध्यक्षमा र राजुप्रसाद उपाध्याय (रिमाल) ले चार सय १५ मत पाएका छन् ।

निर्वाचनमा तीन हजार तीन सय २० मत खसेको थियो । जसमध्ये दुई हजार तीन सय ७५ मत गणना भईसकेको छ । अब ९ सय ४५ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्