यी हुन् पदाधिकारीमा अग्रता लिने अन्य उम्मेदवार…

सिमराः सिमरा खानेपानीको निर्वाचनमा यतिबेला युवराज न्यौपाने नेतृत्वको प्यानल अग्रतामा छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणामा चरा चुनाव चिन्हका उम्मेदवार न्यौपाने एक सय ३६ मतले अघि छन् ।
उनले सात सय ७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी प्रकाश खुलालले ६ सय ६१ मत ल्याएका छन् । अध्यक्षसंगै अन्य पदाधिकारीमा पनि चरा प्यानलकै वर्चश्व छ ।
चरा चुनाव चिन्हबाट उपाध्यक्ष उम्मेदवार हरिप्रसाद सिंखडाले आठ सय ५३, सचिव उम्मेदवार अमृत बस्यालले आठ सय ३७, सहसचिव उम्मेदवार कृष्णकुमार रिमालले आठ सय ३८ र कोषाध्यक्ष उम्मेदवार रामकुमार अर्यालले आठ सय पाँच मत ल्याएका छन् ।

उनिहरुलाई गुलाबको फुल चुनाव चिन्हका उम्मेदवारले पछ्याईरहेका छन् । गुलाबको फुल चुनाव चिन्हबाट उपाध्यक्षकी उम्मेदवार मिठुमाया थिङले पाँच सय ७२, सचिवकी उम्मेदवार सरस्वती अधिकारीले पाँच सय ५१, सहसचिव उम्मेदवार कर्णबहादुर खड्काले पाँच सय ४९ र कोषाध्यक्ष पदकी उम्मेदवार सुशीला कार्कीले पाँच सय २१ मत पाएकी छिन् ।
तेस्रो स्थानमा रहेको चुनाव चिन्हको अध्यक्षका उम्मेदवार पूर्णचन्द्र तिमल्सिनाले चार सय २९ मत पाएका छन् । उपाध्यक्षमा झंकनाथ लामिछानेले चार सय २२, सचिवमा लोकराज पौडेलले तीन सय ८८, सहसचिव होमबहादुर रकालले चार सय १८, कोषाध्यक्षमा र राजुप्रसाद उपाध्याय (रिमाल) ले चार सय १५ मत पाएका छन् ।
निर्वाचनमा तीन हजार तीन सय २० मत खसेको थियो । जसमध्ये दुई हजार तीन सय ७५ मत गणना भईसकेको छ । अब ९ सय ४५ मत गणना हुन बाँकी छ ।





