विवाह पञ्चमीका अवसरमा मधेस प्रदेशमा भोली सार्वजनिक बिदा

जनकपुरधामः मधेस प्रदेश सरकारले मंगलबार (मंसिर ९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विवाह पञ्चमीको अवसरमा मधेस प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
गृह सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधामले जारी गरेको सूचना अनुसार २०८१ साल चैत २२ गते प्रकाशित प्रदेश राजपत्रमा समावेश बिदा व्यवस्थाअनुसार यस वर्षको विवाह पञ्चमीका दिन सार्वजनिक बिदा लागु हुने उल्लेख छ ।
भगवान् राम र सीताको विवाहको स्मरणमा मनाइने विवाह पञ्चमीको मुख्य कार्यक्रम जनकपुरधाममा हरेक वर्ष हुँदै आएको छ ।






