बारामा प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिक पक्राउ


eShilalekh

१७ मंसिर २०८२, बुधबार १८:५७

सिमराः बाराको बिश्रामपुर गाउँपालिका १ बटमचोकबाट बुधबार प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्लाका ३२ वर्षीय मोहम्मद इमरान रहेका छन् ।

इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई जाँच गर्ने क्रममा इमरानलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी वरिष्ठ हवलदार रामस्वरूप यादवको कमाण्डमा निस्किएको टोलीले बिआर०५एएम६१५२ नम्बरको मोटरसाइकललाई शंकास्पद देखेपछि रोकेर जाँच गरेको थियो। जाँचका क्रममा चालकले पिठ्युँमा बोकेको झोलाभित्र लुकाएर ल्याउँदै गरेको एक सय २४ पत्ता प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका इमरानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्