मुख्यमन्त्री यादवद्वारा पहिलो चरणको मन्त्रिमण्डल विस्तार, तीन मन्त्रीले लिए शपथ


eShilalekh

२१ मंसिर २०८२, आईतवार १६:२९

सिमरा: मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट तीनजनालाई स्थान दिइएको छ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा (एकीकृत समाजवादी) का कनिश पटेललाई विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका छन्। त्यस्तै, जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले तिनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

मुख्यमन्त्री यादवले बाँकी मन्त्रालयका जिम्मेवारी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि टुंगो लगाइने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्