सप्तरीमा दुम्सी मार्ने क्रममा जमिनमुनि फसेका व्यक्तिको सकुशल उद्धार


eShilalekh

२८ मंसिर २०८२, आईतवार १८:०५

सिमराः सप्तरीमा दुम्सी मार्ने क्रममा जमिनमुनि फसेका व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी सकुशल उद्धार गरेको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्सा निवासी ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्ने क्रममा जमिनमुनि फसेपछि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

प्राप्त जानकारीअनुसार रेग्मी दुम्सी बस्ने प्वालभित्र छिर्ने क्रममा अड्किएका थिए। लामो समयसम्म बाहिर ननिस्किएपछि सँगै गएका साथीहरूले सुरक्षाकर्मीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह तथा सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरू र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।

सुरक्षाकर्मीहरूले करिब पाँच घण्टासम्मको कठिन उद्धार प्रयासपछि जमिनमुनि करिब २० मिटर भित्र फसेका रेग्मीलाई सकुशल बाहिर निकालेका हुन्।

उद्धारपछि उनलाई थप उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्