एमाले केन्द्रीय सदस्यमा मोबिनको उम्मेदवारी


eShilalekh

२९ मंसिर २०८२, सोमबार २३:४४

सिमरा: बाराका युवा नेता इ. मोबिन आलमले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । आलमले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको समूहबाट उम्मेदवारी दिएका हुन् ।

४० वर्ष मुनिको मधेश युवाबाट उम्मेदवारी दिएका आलम बारा परवानीपुरका युवा नेता हुन् । आलम युवामझ लोकप्रिय छन् ।

एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका आलम राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिव पनि हुन् । उनी बाराका लोकप्रिय नेता स्वर्गीय महमुद आलमका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्