मधेशकी उपसचिव भण्डारीले दिइन् केन्द्रीय सदस्यमा उम्मेदवारी

सिमरा: नेकपा एमाले मधेश प्रदेशकी उपसचिव आरती भण्डारीले एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् । भण्डारीले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको समूहबाट उम्मेदवारी दिएकी हुन् ।
भण्डारी एमाले मधेश प्रदेशकी उपसचिव हुन् । भूमी सम्बन्धि समस्या समाधान आयोगकी सदस्य समेत रहेकी उनी मधेशमा सक्रिय युवा नेतृ हुन् ।




