मौसमका कारण शुक्रबार बिहानैदेखि सिमरा विमानस्थल ठप्प

सिमराः बाक्लो हुस्सुका कारण शुक्रबार बिहानैदेखि सिमरा विमानस्थल ठप्प छ । मौसम सफा नहुँदा विमानस्थल खुल्न सकेको छैन ।
विमानस्थल नखुलेका कारण सिमरा–काठमाडौं रुटको सबै उडान प्रभावित भएको छ । काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलबाट बुद्ध एयरको पाँच वटा उडान हुने गरेको छ ।
विमानस्थल ठप्प हुँदा बिहानैदेखि सबै उडान प्रभावित भएको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले जानकारी दिए ।





