चिसो बढेपछि वीरगन्ज महानगरद्वारा तीन दिन जाडो बिदा


eShilalekh

७ पुष २०८२, सोमबार १२:५१

वीरगन्जः बाक्लो हुस्सु र शितलहर बढेपछि वीरगन्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको छ।

चिसो मौसमको प्रभावलाई मध्यनजर गर्दै महानगरपालिकाले आज (सोमबार) देखि लागू हुने गरी बिदा दिने निर्णय गरेको हो। महानगरपालिकाका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि पुस ९ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्।

यसैबीच, पुस ११ गते शैक्षिक क्यालेन्डरमै विदा रहेकाले विद्यालयहरू पुस १३ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

महानगरपालिकाले चिसोबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अभिभावक र विद्यालय प्रशासनलाई पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्