कांग्रेसको क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म, नयाँ वितरण पुस १० गतेसम्म


eShilalekh

८ पुष २०८२, मंगलवार १२:५३

सिमराः नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा बुधबार दिउँसो १२ बजेसम्म कायम गर्ने भएको छ। मंसिर मसान्तभित्र नवीकरण सक्ने भनिए पनि तोकिएको समयमा प्रक्रिया पूरा हुन नसकेपछि समय थप गर्ने सहमति भएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली ‘लक’ गर्ने तयारी गरेको छ। समितिका सदस्य प्रकाश रसाइली स्नेहीले नवीकरण र नयाँ वितरणको सम्पूर्ण प्रक्रिया टुंग्याएर पार्टीलाई बुझाइने बताए।

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्