जसपा नेपालमा समाहित भए रेणु र प्रदीप

सिमराः जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादव जसपा नेपालमा फर्किएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छोडेर जसपामा लागेका उनिहरु पुनः जसपा नेपालमा फर्किएका हुन् ।
उनिहरुले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई स्वीकार गर्दै पार्टीमा फर्किएको जनाएका छन् । गत बैशाखमा जसपा नेपाल फुट्दा उनिहरु अशोक राई नेतृत्वको जसपामा गएका थिए ।
जसपामा सहअध्यक्ष भएकी रेणु र जसपा नेपालका अध्यक्ष यादवबीच पार्टी एकीकरणको हस्ताक्षर समेत भएको छ । दुई यादवद्धारा हस्ताक्षरित विज्ञप्तिमा सहअध्यक्ष यादव बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपालमा प्रवेश गरेको उल्लेख छ ।






