मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै


eShilalekh

१६ पुष २०८२, बुधबार १३:११

जनकपुरधाम: मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ दलहरुबीचको भागबण्डा नमिलेका कारण मंगलबार हुने भनिएको मन्त्रिमण्डल आज विस्तार हुन लागेको हो ।

सरकारलाई पूर्णता दिन दलहरुबीच बैठक बसेर मन्त्रालय बाँडफाँट हुने बताइएको छ । गत १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले बाँडफाँट नमिल्दा मन्त्रिपरिषद् विस्तार गर्न पाएका छैनन् ।

सम्बन्धित दलहरूबाट मन्त्री नियुक्त गरी आजै सपथ ग्रहण गराउने तयारी रहेको छ। यसअघि दुई चरणमा मन्त्रिपरिषद् विस्तार भइसके पनि केही मन्त्रालय रिक्त रहेकाले तेस्रो पटक सरकार विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्