मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु


eShilalekh

२० पुष २०८२, आईतवार २०:२२

सिमराः मकवानपुरको भीमफेदीमा आइतबार साँझ भएको सुमो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। काठमाडौं–हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत भीमफेदी गाउँपालिका ६ जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा परेका मृतकहरूको हालसम्म पहिचान खुल्न सकेको छैन।

सुमोमा ९ जना सवार रहेको र दुर्घटनापछि सबै घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा ल्याइएको थियो । उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्