पर्सामा यात्रुवाहक गाडीबाट अवैध घरेलु मदिरासहित एक जना पक्राउ


eShilalekh

२८ पुष २०८२, सोमबार २१:२०

वीरगन्जः पर्सा प्रहरीले यात्रुवाहक गाडीबाट अवैध घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका २ का गाडी चालक ३८ वर्षीय मनोज कुमार थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका २१ परवानीपुर सडकखण्डमा पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ ज ८६८८ नम्बरको हाइस गाडीलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा तीन सय ५० लिटर घरेलु मदिरा बरामद भएको पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

बरामद मदिरा र नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय वीरगन्जमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्