पत्रकार साहमाथी जीतपुरमा कुटपिट

सिमरा: स्पर्श खबरका संचालक पत्रकार मनोज साहमाथी सोमबार बिहान कुटपिट भएको छ । जीतपुर घर भएका साहलाई ३-४ जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेका हुन् ।
साहको अनुहार र आँखामा चोट लागेको छ । सामाजिक संजालमा स्टाटस लेखेको विषयलाई लिएर स्थानीय कपुरराज पुरीसहितका व्यक्तिले कुटपिट गरेको साहले बताएका छन् । स्टाटसको विषयमा विवाद गर्दै आफूमाथि हातपात गरिएको साहको भनाइ छ ।
साहमाथी कुटपिटमा संलग्न पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बारा, प्रेस चौतारी नेपाल बाराले पत्रकार साहमाथी भएको कुटपिट घटनाको विरोध गर्दै दोषीमाथी कारवाहीको माग गरेका छन् ।





