सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु


eShilalekh

८ माघ २०८२, बिहीबार १८:१०

सर्लाहीः सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा धन्कौल ४ महिनाथपुरका १९ वर्षीय चुनचुन राय रहेका छन् ।

धन्कौल गाउँपालिका ३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर रायको मृत्यु भएको हो ।

उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्